लाइब्रेरीमा फिल्म हेर्न जादा- Abhishek Kharel
लाइब्रेरीमा फिल्म हेर्न
जादा
कुरो बैशाख तिर को हो। मोबाइलमा बिबेकको मेसेज आयो -"ओए त्यो RNAC को इन्डियन लाइब्रेरीमा आज बेलुका 'झोला' फिल्म देखाउदै छ, हेर्न जाम न। "
त्यो 'झोला' भन्ने फिल्म
फेसबुकमा चर्चा मा थियो। राम्रो छ भन्ने धेरै कमेन्टहरु देखेको थिए। नेपाली फिल्मको फ्यान
नभए पनि सित्तै मा हेर्न पाईने भए किन छोडनु भनेर मैले बिबेकलाइ फोन गरे। बिबेकले त्यहा
सिट थोरै छ, बसेर हेर्ने भए
अलि चाडै जानु पर्छ भन्यो।
हामी आधा घण्टा चाडै त्यहा पुग्दा लाइब्रेरीको ढोका बन्द थियो। मान्छेहरु को
निकै भीड थियो। मान्छेहरु लाइनमा थिए। तर लाइन भने मिलेको थिएन। ढोका वरिपरी
मान्छेहरु ठेलमठेल गर्दै थिए र उनीहरुको पछाडी ३/४ ओटा लाइन निस्केको थियो। हामी एउटा लाइनमा गएर
उभियौम। बिबेक अगाडी
कोहि चिन्ने मान्छे छ कि हेर्न गयो र म चाहिँ येति चाडै तेत्रो मान्छे आएको देखर
छक्क परे - "साचै नेपाली फिल्मको क्रेज बढेर हो कि सित्तैमा पाएर हो ?"
बिबेक अगाडी कोहि चिनजान् को मान्छे छैन भन्दै आयो अनि मैले अलि पछाडी सरेर
उसको लागी ठाउँ बनाए। बाटो पट्टि नहेर, कसैले देख्यो भने बेइज्जत
हुन्छ, बिबेकले भन्यो। मैले सहमती जनाए, अनि हामी कुरा गर्दै थियौं, अगाडीको मान्छेको स्वोरले हाम्रो ध्यान खिच्यो। हामी भन्दा ४/५
जना अगाडि एउटा २५ वर्ष जतिको युवक ठुलै स्वोरमा बोल्दै थियो-
"यी साले धोतीहरु, हामीलाई अति हेप्छन्। ढोका बन्द गरी
आफू चै माथि बसेर 'देखो देखो ये नेपाली लोग कैसे धक्केबाजी करके
खाड़े हें' भन्दै होलान्।"
उसले सिमा अतिक्रमण , नेपाली राजनीतिमा हस्तछेप
आदि कुराहरु गर्दै थियो। हामीलाई मुला कति ठुला कुरा गर्दो रैछ जस्तो
लागी रहेको थियो। बेला बेलामा "सहि हो दाई" भन्दै हामी उसलाई
जोस्साउम् थियौं र आफैँमा चै उसको कुरा काट्दै थियौं।
यसै बिचमा केहि केटाहरु लाइनमा अगाडि पट्टि छिरे। त्यो युवक करायो -
"हे, युवाहरु यसरी लाइन नमिच, बरु आउ तिमीहरु
मेरो ठाउँमा बस, म पछाडी जान्छु।"
हामी उसको कुरा सुनेर हास्यौं। ती केटाहरुले सुन्दै नसुन्या गरे। मेरो र बिबेकको त
पहिल्लै देखिको प्लान थियो, ढोका खुल्न साथ दौडेर
अगाडि जाने अनि अरु लाई ठेल्दै भए नि भित्र छिर्ने।
ढोका खुल्यो। हामी लाइन छाडेर दौडियौम। अरुले नि त्यसै गरे। धक्का-धक्की भयो। लाइब्रेरीको इन्डियन खिस्स हास्यो। त्येसले
नेपालीहरुलाई जेसुकै भनिठानोस, हामी लाई त
सिटमा बसेर फिल्म हेर्नु न थियो। हामी भित्र छिर्यौं। हत्त न पत्त सिटमा गएर बसी हाल्यौं। केहि सेकेन्ड मै
सबै सिट भरियो। केहि सिट त ढोका बन्द गर्नु अघि नै लैब्ररीमा भएका ले
ओगटिएका थिए। मान्छेहरु कोहि
लाइब्ररीको टेबुल माथि त कोहि किताब र्याग माथि बसे। अनि त्येस पछि को अगाडि उभिने
भनेर पनि प्रतिस्पर्धा भयो। हामीले चारै तिर हेर्यौं अनि मक्ख पर्यौं मानौ कि हामीलाई कुनै
लुप्त धन प्राप्त भएको हो।
येत्तिकैमा हामीले अघि को युवकलाई देख्यौम। ऊ पछाडी उभिएको थियो। अनि घाटी तन्काई
तन्काई अगाडि हेर्न खोज्दै थियो। हामीले उस तर्फ खिसी पूर्ण मुस्कान छोडयौम्। उसले कुनै
प्रतिक्रिया जनाएन। बिबेकले भन्यो - "येस्तो कंडीसनमा के गर्नु पर्छ
भन्ने अब येस्ले थाहा पायो होला। "
हाम्रो मन प्रसन्न थियो।
तर यो प्रसन्नता आफुले सिट पाएकोमा थियो कि या आफु सिटमा बस्दा लाईनमा अगाडि
भएका मान्छेहरु उभिएकाले थियो, त्यो चाहिँ छुट्याउन, मुस्किलै थियो ।
0 comments: